हलमा लागे नेपाली फिल्म ‘बद्रीबहादुर’ र हलिउडको ‘घोस्टबस्टर्स’ – नयाँ नीति
हलमा लागे नेपाली फिल्म ‘बद्रीबहादुर’ र हलिउडको ‘घोस्टबस्टर्स’
  • २३ चैत्र २०८०, शुक्रबार
  • नेपाली हलमा शुक्रबार दुई नयाँ फिल्म रिलिज भएका छन् । नेपाली फिल्म ‘बद्रीबहादुर’ र हलिउडको ‘घोस्टबस्टर्स : फ्रोजन एम्पायर’ प्रदर्शनमा आएका छन् ।

    शोभित बस्नेत निर्देशित कमेडी-एक्सन फिल्म ‘बद्रीबहादुर’ सीमित हलमा रिलिज भएको छ । यो फिल्ममा जयकिशन बस्नेत, धीरेन शाक्य, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, शोभित बस्नेत लगायतको अभिनय छ ।

    यो फिल्मले बद्री नामक एक युवाको कथा भन्छ । उसको हैरानीबाट आजित भएर परिवार र गाउँबाट ऊ निकालिन्छ र उसको जीवनले नयाँ मोड लिन्छ । घृणा र माया गर्नेहरुको बीचमा उसले एक्लो जीवनलाई कसरी बाँच्छ ? यो कथा वरपर फिल्म घुमेको छ ।

    दुई घण्टा लामो यो फिल्मलार्ई लिएर निर्माताले ‘धेरै हाँस्न नसक्नेले यो चलचित्र नहेर्नुहोला’ ट्यागलाइन बनाएका छन् । एबी पिक्चर्स फार्म र सलोन सलिना फिल्म्स्ले यो फिल्म निर्माण गरेका हुन् ।

    शुक्रबारै हलिउडको एड्भेन्चर–कमेडी फिल्म ‘घोस्टबस्टर्स : फ्रोजन एम्पायर’ पनि रिलिज भएको छ । दोस्रो हिमयुगको कथा भन्ने यो फिल्मले बाहिरी शक्तिबाट पृथ्वीलाई जोगाउन हुने संघर्षको कथा भन्छ । गिल केनन निर्देशित फिल्ममा मेक्कान ग्रेस, पल रड, बिल मुर्रे लगायतको अभिनय छ ।

    लेखकको बारेमा

    नीति डेस्क

    नीति डेस्क, nayaniti.com को एक प्रमुख समाचार डेस्क हो, जसले विविध स्रोतबाट प्राप्त जानकारी एकत्रित गरेर समाचारहरू प्रकाशन गर्दछ। हाम्रो इमेलमा प्राप्त जानकारीहरू, पत्रकार सम्मेलनहरूबाट लिइएका समाचारहरू, प्रेस विज्ञप्तिहरूबाट एकत्रित गरिएका तथ्यहरू र एजेन्सीहरूबाट प्राप्त समाचारहरूलाई प्रकाशित गर्ने काम गर्दछ। नीति डेस्क विश्वसनीयता, सटीकता र ताजगीलाई प्राथमिकता दिँदै विभिन्न क्षेत्रबाट आएका समाचारहरूको व्यापक संग्रह र प्रकाशनमा केन्द्रित छ।

    लेखकबाट थप...
    तपाईको प्रतिक्रिया दिनुहोस्