अजय देवगनको जन्मदिनमा ‘मैदान’को ट्रेलर सार्वजनिक – नयाँ नीति
अजय देवगनको जन्मदिनमा ‘मैदान’को ट्रेलर सार्वजनिक
  • २३ चैत्र २०८०, शुक्रबार
  • बलिउड अभिनेता अजय देवगन मंगलबार ५५ औं जन्मदिन मनाउँदैछन् । यो अवसरमा उनको शीर्ष भूमिका रहेको फिल्म ‘मैदान’को फाइनल ट्रेलर सार्वजनिक भएको छ ।

    स्पोर्ट्स ड्रामा बायोपिक जनरामा बनेको फिल्मको दुई मिनेट लामो ट्रेलरमा अजय नयाँ र प्रतिभाशाली खेलाडीको खोजी गर्दै देशभर घुमिरहेको देख्न सकिन्छ ।

    फिल्ममा अजय भारतीय फुटबल प्रशिक्षक रहिमको भूमिकामा देखिनेछन् । प्रियामणिले उनकी श्रीमतीको भूमिका निर्वाह गरेकी छन् । फिल्ममा गजराज राव, स्लोचिता र रुद्रनिल घोष पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् ।

    ‘मैदान’को कथा सन् १९५० देखि १९६३ सम्म भारतीय राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक र व्यवस्थापक रहेका सैयद अब्दुल रहीमको जीवनमा आधारित छ । ट्रेलरमा रहिमले कसरी फुटबलमार्फत देशलाई चिनाउन आफ्नो सम्पूर्ण जीवन बिताए भन्ने देखाइएको छ ।

    ट्रेलरको अन्त्यमा अजयले आफ्नो टोलीलाई मैदानमा उपस्थित भीडबाट समर्थनको अपेक्षा नगर्न र काल बनेर खेल्न निर्देशन दिइरहेका छन् । चैत २८ मा रिलिज हुने यो फिल्मको लम्बाइ ३ घण्टा २ मिनेट छ । इदको अवसरमा हिन्दी, तमिल, तेलुगू र कन्नडा भाषामा रिलिज हुने ‘मैदान’ अक्षय कुमार र टाइगर श्राफ स्टारर फिल्म ‘बडे मियाँ छोटे मियाँ’सँग भिड्दैछ ।

    लेखकको बारेमा

    नीति डेस्क

    नीति डेस्क, nayaniti.com को एक प्रमुख समाचार डेस्क हो, जसले विविध स्रोतबाट प्राप्त जानकारी एकत्रित गरेर समाचारहरू प्रकाशन गर्दछ। हाम्रो इमेलमा प्राप्त जानकारीहरू, पत्रकार सम्मेलनहरूबाट लिइएका समाचारहरू, प्रेस विज्ञप्तिहरूबाट एकत्रित गरिएका तथ्यहरू र एजेन्सीहरूबाट प्राप्त समाचारहरूलाई प्रकाशित गर्ने काम गर्दछ। नीति डेस्क विश्वसनीयता, सटीकता र ताजगीलाई प्राथमिकता दिँदै विभिन्न क्षेत्रबाट आएका समाचारहरूको व्यापक संग्रह र प्रकाशनमा केन्द्रित छ।

    लेखकबाट थप...
    तपाईको प्रतिक्रिया दिनुहोस्