लायन्स क्लबप्रति प्रदेश प्रमुखको प्रशंसा – नयाँ नीति
लायन्स क्लबप्रति प्रदेश प्रमुखको प्रशंसा
  • २४ चैत्र २०८०, शनिबार
  • गण्डकी प्रदेशका प्रमुख डिल्ली राज भट्टले नेपालमा लायन्स क्लबले शिक्षा, स्वास्थ्य, प्राकृतिक विपद् र मानवकल्याणका क्षेत्रमा पुर्‍याएको योगदानलाई अनुकरणीय रहेको बताए।

    पोखरामा शनिबार आयोजित लायन्स क्लब डिस्ट्रिक्ट ३२५ एम नेपालको दोस्रो महाधिवेशनमा प्रमुख अतिथिका रूपमा उपस्थित भट्टले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा क्लबले पुर्‍याएको योगदानको प्रशंसा गर्दै, त्यस्ता कार्यहरू सरकारसहित सबैका लागि उदाहरणीय रहेको बताए।

    क्लबका असल प्रयासको अनुशरण र सहकार्य गर्नुपर्ने खाँचो औंल्याउँदै, प्रमुख भट्टले नेपालमा लायन्स क्लबले अस्पताल, विद्यालय निर्माण, मानव स्वास्थ्य र सामाजिक सेवामा गरेका राम्रा कार्यहरूको प्रशंसा गरे।

    ‘समाज परिवर्तनको लागि लायन्स क्लबहरूले सामूहिक रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्। लायन्सले मानवीय एवं प्राकृतिक विपत्तिमा सहयोग गरेर ठूलो योगदान लगाएका छन्,’ प्रमुख भट्टले भने। ‘अनवरत र व्यवस्थित रूपमा मानवीय सेवा गर्दै आएकोमा लायन्स क्लबलाई हार्दिक बधाई दिन चाहन्छु। यस्तो पवित्र कार्य निरन्तर चलिरहोस् भनी कामना गर्दछु।’

    लायन्स क्लब अन्तर्राष्ट्रिय कोषबाट प्राप्त लगभग २४ करोड रुपैयाँको सहयोगमा रुबेलाविरुद्ध खोप, नेपालका दूरदराजमा गएर करीब २० वर्षसम्म आँखाका बिरामीहरू पहिचान गरी निःशुल्क शल्यक्रिया लगायतका सेवाहरू उपलब्ध गराएको र २०७२ सालको महाभुकम्पमा क्षतिग्रस्त स्थानहरुमा पुगेर ठूलो सहयोग गरेको काम प्रशंसनीय रहेको उनको भनाई थियो।

    लेखकको बारेमा

    नीति डेस्क

    नीति डेस्क, nayaniti.com को एक प्रमुख समाचार डेस्क हो, जसले विविध स्रोतबाट प्राप्त जानकारी एकत्रित गरेर समाचारहरू प्रकाशन गर्दछ। हाम्रो इमेलमा प्राप्त जानकारीहरू, पत्रकार सम्मेलनहरूबाट लिइएका समाचारहरू, प्रेस विज्ञप्तिहरूबाट एकत्रित गरिएका तथ्यहरू र एजेन्सीहरूबाट प्राप्त समाचारहरूलाई प्रकाशित गर्ने काम गर्दछ। नीति डेस्क विश्वसनीयता, सटीकता र ताजगीलाई प्राथमिकता दिँदै विभिन्न क्षेत्रबाट आएका समाचारहरूको व्यापक संग्रह र प्रकाशनमा केन्द्रित छ।

    लेखकबाट थप...
    तपाईको प्रतिक्रिया दिनुहोस्