पर्वत अस्पतालमा नयाँ प्रविधिबाट अस्पतालको फोहर व्यवस्थापन – नयाँ नीति
पर्वत अस्पतालमा नयाँ प्रविधिबाट अस्पतालको फोहर व्यवस्थापन
  • ३ चैत्र २०८०, शनिबार
  • कुश्मा बजारमा रहेको पर्वत अस्पतालमा नयाँ प्रविधिवाट फोहर व्यवस्थापन गर्न थालिएको छ । दैनिकजसो अस्पतालको जोखिमयुक्त फोहर जलाउँदा धुवाँले दुर्गन्ध फैलिने, कन्टेनरमार्फत डम्पिङसाइडसम्म लैजाँदा बजार क्षेत्रमा सङ्क्रमण फैलिनेजस्ता समस्या भएपछि नयाँ मेसिन भित्र्याएर व्यवस्थापन गर्न थालिएको हो ।

    अहिले अस्पतालको फोहर ‘अटो क्लेप्स’ मेसिनमार्फत नष्ट गर्न थालिएको छ । बढी भिडभाडका कारण अस्पतालमा फोहरको मात्रा समेत धेरै हुन थालेपछि नयाँ प्रविधि भित्र्याएर अस्पताल भित्रै व्यवस्थापन गर्न थालिएको पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले जानकारी दिनुभयो ।

    फोहर जलाउँदा निस्केको धुवाँले अस्पतालमा उपचारका लागि आएका बिरामी र उनीहरुका आफन्तसँगै अस्पताल आसपासको बस्तीका बासिन्दालाई पनि असर गरिहेको थियो । १० लाख रुपैयाँको लागतमा उपकरण जडान गरिएपछि फोहर व्यवस्थापनमा सहज भएको अध्यक्ष शङ्कर गिरीले बताउनुभयो ।

    लेखकको बारेमा

    तपाईको प्रतिक्रिया दिनुहोस्