भारतमा सेमिकन्डक्टर चिप उत्पादन वृद्धि हुँदै – नयाँ नीति
भारतमा सेमिकन्डक्टर चिप उत्पादन वृद्धि हुँदै
  • ६ चैत्र २०८०, मंगलवार
  • नयाँदिल्ली । भारतले सेमिकन्डक्टर चिप उत्पादनको प्रक्रियालाई तीव्रता दिएको छ । आगामी पाँच वर्षमा विश्वभर सबैभन्दा धेरै सेमिकन्डक्टर उत्पादन गर्ने देशहरुमध्ये पाँच नम्बरभित्र लक्ष्यका साथ उत्पादन बढाइरहेको छ ।

    रेल्वे तथा सञ्चार मन्त्री अश्विनी वैष्णले आगामी पाँच वर्षमा भारत विश्वको शीर्ष पाँच सेमिकन्डक्टर उत्पादन राष्ट्र बन्ने लक्ष्यसहित अगाडि बढिरहेको बताए । मूल्य प्रतिस्पर्धा र आपूर्ति श्रृङ्खलाका कारण चिप उद्योग विश्वभर जटिल मानिन्छ ।

    सेमिकन्डक्टर उत्पादनमा ताइवानले विश्वको उत्पादन क्षमताको करिब ४६ प्रतिशत हिस्सा ओगटेको छ । त्यसपछि चीनले २६ प्रतिशत, दक्षिण कोरियाले १२ प्रतिशत, अमेरिकाले छ प्रतिशत र जापानले दुई प्रतिशत बजार हिस्सा ओगटेको छ ।

    अमेरिका र चीनबीचको तनाव बढ्दै गएपछि सेमिकन्डक्टर चिप उत्पादन गर्ने कम्पनीहरुले चीनमाथिको निर्भरता घटाउन खोजिरहेका छन् । यसको फाइदा भारतले लिन खोजिरहेको देखिन्छ ।

    लेखकको बारेमा

    नीति डेस्क

    नीति डेस्क, nayaniti.com को एक प्रमुख समाचार डेस्क हो, जसले विविध स्रोतबाट प्राप्त जानकारी एकत्रित गरेर समाचारहरू प्रकाशन गर्दछ। हाम्रो इमेलमा प्राप्त जानकारीहरू, पत्रकार सम्मेलनहरूबाट लिइएका समाचारहरू, प्रेस विज्ञप्तिहरूबाट एकत्रित गरिएका तथ्यहरू र एजेन्सीहरूबाट प्राप्त समाचारहरूलाई प्रकाशित गर्ने काम गर्दछ। नीति डेस्क विश्वसनीयता, सटीकता र ताजगीलाई प्राथमिकता दिँदै विभिन्न क्षेत्रबाट आएका समाचारहरूको व्यापक संग्रह र प्रकाशनमा केन्द्रित छ।

    लेखकबाट थप...
    तपाईको प्रतिक्रिया दिनुहोस्