पोखरा ।
होटल पौवा पोखराले शिवरात्रीको अवसरमा विविध कार्यक्रम गर्ने भएको छ । होटलमा पुग्ने ग्राहकहरुलाई भजनकिर्तनमा नचाउने गरी विभिन्न कार्यक्रम गर्न लागेको हो
शिवरात्रीका दिन पौवा पोखरामा विशेष पुजाअर्चना गर्दै दिनभरी भजनकिर्तनमा ग्राहकलाई नचाउने कार्यक्रम राखिएको होटल पौवा पोखराका प्रवन्धक केशव भण्डारी जानकारी दिए । ‘शिवरात्रीको प्रसाद, पौवाको स्वाद, संस्कृतिको संरक्षण, भजन कृतनको उल्लास, आउनुहोस, यस वर्षको शिवरात्री पौवासँग मनाऔं, सँगै नाचौं, सँगसँगै खाऔं’ भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको उनले बताए ।
नेपाली मनको हरेक पर्वमा पौवाले साथ दिए जसरी शिवरात्रीमा पनि परम्परगत शिव पार्वतीको झाँकीसँँगै बेलुका ६ बजेदेखि भजनकिर्तन प्रस्तुत गरिने प्रवन्धक भण्डारीले बताए ।
‘जहाबाट आतिथ्यताको सुरुवात हुन्छ’ भन्ने मूल नारासहित नेपाली हस्पिटालिटी सहितको सेवा दिने उद्देश्यले देशभर शाखा बिस्तारमा तिब्रता बनाएको होटल पौवाले नेपालीहरुको चाडपर्वमा पनि विशेष कार्यक्रम गर्दै आएको छ । पौवामा तीजको दर खाने देखि मागी, शिवरात्रीलगायत चाडपर्वमा सोही अनुसार कार्यक्रम गर्दै आएको होटल पौवा प्रालिका प्रमुख सञ्चालन अधिकृत कृष्ण गौतमले जानकारी दिए ।
होटल पौवाको अहिले देशभर १७ शाखा रहेको अधिकृत गौतमले जानकारी दिए । होटल पौवाले नेपाल मै रोजगारी सिर्जना गरी युवा जनशक्ति पलायन रोक्ने लक्ष्य लिएर अघि बढेको अधिकृत गौतमले सुनाए । होटलको अर्को उद्देश्य भनेको रैथाने खाना र नेपाली मौलिक परम्परा जोगाउनु रहेको उनले बताए ।
५ बैशाख २०८३, शनिबार












