छोराको जन्मदिनमा बाबा चन्द्रबहादुर र आमा शान्ताको परोपकार : मानव सेवा आश्रम र सहारा एकेडेमीलाई सहयोग – नयाँ नीति
छोराको जन्मदिनमा बाबा चन्द्रबहादुर र आमा शान्ताको परोपकार : मानव सेवा आश्रम र सहारा एकेडेमीलाई सहयोग
  • ६ फाल्गुन २०८२, बुधबार
  • पोखरा ।
    यूकेमा रहेका सचित गुरुङको १९ औं जन्मोत्सवमा उनका बुवा चन्द्रबहादुर र आमा शान्ता गुरुङले पोखराका दुई सामाजिक संस्थालाई आर्थिक तथा खाद्यान्न सहयोग गरेका छन् ।
    छोराको जन्मदिनमा गुरुङले पोखरा छोरेपाटनमा रहेको मानव सेवा आश्रममा २५ हजार ५ सय रुपैयाँ नगद र बेलुकाको खानासहित खाद्यान्न सहयोग गरे । उनले सहारा क्लबले सञ्चालन गरेको सहारा एकेडेमीमा रहेका बालकहरुलाई पनि बेलुकाको खाना र खाद्यान्न सहयोग उपलब्ध गराए ।

    मानव सेवा आश्रममा आयोजित सहयोग कार्यक्रममा चन्द्रबहादुर गुरुङ भावुक बने । ‘आश्रममा रहेका आमा र दिदीबहिनीहरुलाई देख्दा म भावुक बनेको छु, मेरो पनि आमा हुनुहुन्न । यहाँ आएर सहयोग गर्न पाउँदा खुसी लागेको छ,’ उनले भने । छोराको जन्मदिनमा फजुल खर्च गर्नुभन्दा श्रीमती शान्ता गुरुङसँगको सल्लाहमा असहाय र विपन्नलाई सहयोग पुगोस् भन्ने उद्देश्यले यो कदम चालेको उनले बताए ।
    कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले सचितलाई जन्मदिनको शुभकामना दिदैं सहयोगप्रति आभार व्यक्त गरिन । ‘समाजमा धन भएकाहरु धेरै हुन्छन् । तर मन भएकाहरु कमै हुन्छन,’ मनाव सेवामा भएको कार्यक्रममा उनले भनीन्, ‘चन्द्र दाइहरु जस्तै ठूला मन भएकाहरुका कारण नै आश्रम चलिरहेको छ । आगामी दिनमा पनि सहयोगको अपेक्षा छ ।’

    चन्द्रबहादुरले सहारा क्लबलाई पहिलेदेखि नै सहयोग गर्दै आएका छन् । सहारा एकेडेमीमा चन्द्रबहादुर र उनकी श्रीमती शान्ता गुरुङसहित चन्द्रका ४ दाजुभाइको सहयोगमा एउटा कोठा समेत निर्माण गरिएको छ । एकेडेमीमा रहेका बालकहरुको शिक्षा र पालनपोषणमा सहयोग पुगोस् भनेर उनले जन्मदिनको अवसर पारेर खाद्यान्न सहयोग गरेका हुन् ।
    सचित गुरुङ अहिले १९ वर्षमा लागेका छन् । उनी हाल यूकेमा बसेर सिभिल इन्जिनियरिङ विषय अध्ययन गरिरहेका छन् । बुवा चन्द्रबहादुर नेपाल आएको बखत छोराको जन्मोत्सव पारेर पोखरामा रहेको २ संस्थाहरुलाई सहयोग गरिएको हो । उक्त सहयोग कार्यक्रममा सचितकी बज्यै धनमाया गुरुङ, मामा विकाश गुरुङ, माइजु सुमिना गुरुङ, दिदी सनिजा गुरुङ र सोल्टीनी सुदिया गुरुङ सहभागी थिइन् ।

    लेखकको बारेमा

    नीति डेस्क

    नीति डेस्क, nayaniti.com को एक प्रमुख समाचार डेस्क हो, जसले विविध स्रोतबाट प्राप्त जानकारी एकत्रित गरेर समाचारहरू प्रकाशन गर्दछ। हाम्रो इमेलमा प्राप्त जानकारीहरू, पत्रकार सम्मेलनहरूबाट लिइएका समाचारहरू, प्रेस विज्ञप्तिहरूबाट एकत्रित गरिएका तथ्यहरू र एजेन्सीहरूबाट प्राप्त समाचारहरूलाई प्रकाशित गर्ने काम गर्दछ। नीति डेस्क विश्वसनीयता, सटीकता र ताजगीलाई प्राथमिकता दिँदै विभिन्न क्षेत्रबाट आएका समाचारहरूको व्यापक संग्रह र प्रकाशनमा केन्द्रित छ।

    लेखकबाट थप...
    तपाईको प्रतिक्रिया दिनुहोस्