उत्पादन वृद्धिमा जोड दिएर युवा पलायनको समस्या समाधान गर्छाैँ : अर्थमन्त्री पुन – नयाँ नीति
उत्पादन वृद्धिमा जोड दिएर युवा पलायनको समस्या समाधान गर्छाैँ : अर्थमन्त्री पुन
  • ७ चैत्र २०८०, बुधबार
  • काठमाण्डौ – अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा सांसदहरूले दिएका सुझावलाई आधार मानेर नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

    राष्ट्रिय सभाको आजकाे बैठकमा आउँदो आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा भएको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले संसदमा उठेका विषय बजेट निर्माणका क्रममा समेट्ने बताउनुभयो ।

    अर्थमन्त्री पुनले सरकारले लगानीअनुसारका प्रतिफल प्राप्त नहुने कार्यक्रम तथा योजनालाई खारेज वा पुनर्संरचना गरी नयाँ मोडलका कार्यक्रम ल्याउने पनि बताउनुभयो । उहाँले उत्पादनदेखि उपभोगसम्म र लगानीदेखि व्यापारसम्म देखिएको शिथिलता हटाउन नीतिगत सुधार गर्दै आर्थिक क्रियाकलापलाई तीव्रता दिन र निजी क्षेत्रलाई विश्वासमा लिई अगाडि बढ्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

    अर्थमन्त्री पुनले आउँदो वर्षको बजेट १६ औँ योजनाको सोचअनुसार पहिलो वर्षको प्रमुख कार्यान्वयन वर्ष हुने उल्लेख गर्नुभयो । उहाँले उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिएर अहिले बढ्दो युवा पलायनको समस्या समाधान गर्ने पनि बताउनुभयो ।

    लेखकको बारेमा

    नीति डेस्क

    नीति डेस्क, nayaniti.com को एक प्रमुख समाचार डेस्क हो, जसले विविध स्रोतबाट प्राप्त जानकारी एकत्रित गरेर समाचारहरू प्रकाशन गर्दछ। हाम्रो इमेलमा प्राप्त जानकारीहरू, पत्रकार सम्मेलनहरूबाट लिइएका समाचारहरू, प्रेस विज्ञप्तिहरूबाट एकत्रित गरिएका तथ्यहरू र एजेन्सीहरूबाट प्राप्त समाचारहरूलाई प्रकाशित गर्ने काम गर्दछ। नीति डेस्क विश्वसनीयता, सटीकता र ताजगीलाई प्राथमिकता दिँदै विभिन्न क्षेत्रबाट आएका समाचारहरूको व्यापक संग्रह र प्रकाशनमा केन्द्रित छ।

    लेखकबाट थप...
    तपाईको प्रतिक्रिया दिनुहोस्