शेयर बजार आज पनि घट्यो – नयाँ नीति
शेयर बजार आज पनि घट्यो
  • ८ चैत्र २०८०, बिहीबार
  • काठमाण्डौ – शेयर बजार आज पनि घटेको छ । हिजो छ अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव ३४ अङ्कले घटेर दुई हजार ६३ दशमलव ९५ विन्दुमा झरेको छ ।

    आज माइक्रोफाइनान्स र म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा उत्पादन तथा प्रशोधन, बीमा समूह, होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

    आज बोटलर्स नेपाल (बालाजु) कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन गुर्खाज फाइनान्स, बुद्धभूमि नेपाल हाइड्रोपावर र सर्वाेत्तम सिमेन्ट कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

    बजार घटेका दिन ९४ लाख ४५ हजार कित्ता शेयर तीन अर्ब ४९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको १९ करोड ५२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    लेखकको बारेमा

    नीति डेस्क

    नीति डेस्क, nayaniti.com को एक प्रमुख समाचार डेस्क हो, जसले विविध स्रोतबाट प्राप्त जानकारी एकत्रित गरेर समाचारहरू प्रकाशन गर्दछ। हाम्रो इमेलमा प्राप्त जानकारीहरू, पत्रकार सम्मेलनहरूबाट लिइएका समाचारहरू, प्रेस विज्ञप्तिहरूबाट एकत्रित गरिएका तथ्यहरू र एजेन्सीहरूबाट प्राप्त समाचारहरूलाई प्रकाशित गर्ने काम गर्दछ। नीति डेस्क विश्वसनीयता, सटीकता र ताजगीलाई प्राथमिकता दिँदै विभिन्न क्षेत्रबाट आएका समाचारहरूको व्यापक संग्रह र प्रकाशनमा केन्द्रित छ।

    लेखकबाट थप...
    तपाईको प्रतिक्रिया दिनुहोस्