नेपाल–भारत अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन काठमाण्डौमा हुने – नयाँ नीति
नेपाल–भारत अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन काठमाण्डौमा हुने
  • ८ चैत्र २०८०, बिहीबार
  • काठमाण्डौ – नेपाल–भारत अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन काठमाण्डौमा हुने भएको छ । विश्वव्यापीरूपमा संस्कृतप्रतिको रुचि र सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा संस्कृतको प्रभावको अन्वेषणका लागि छलफल गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो ।

    नीति अनुसन्धान प्रतिष्ठान, नेपाल (नेनाप), केन्द्रीय संस्कृत विश्वविद्यालय, नयाँदिल्ली र इन्डिया फाउन्डेशन, नयाँदिल्लीको संयुक्त आयोजनामा यही चैत १४ देखि १६ गतेसम्म काठमाण्डौमा सम्मेलन आयोजना गर्न लागिएको हो ।

    आजको विश्वले संस्कृतलाई अध्ययनको विषय बनाउन थालेका सन्दर्भमा सम्मेलनमा छलफल हुने आयोजक समितिका संयोजक डा.प्रेमराज न्यौपानेले जानकारी दिनुभयो । नेपाल–भारत संस्कृत सम्मेलन यसअघि पनि नेपालमा भएको थियो ।

    नेपालमा वि.सं.२०२४ मा पहिलो पटक दाङमा नेपाल–भारत संस्कृत सम्मेलन गरिएको थियो । त्यस सम्मेलनले नेपालमा संस्कृत विश्वविद्यालय स्थापना गरिनुपर्ने घोषणापत्र जारी गरेको थियो । त्यही सम्मेलनदेखि संस्कृत विश्वविद्यालय स्थापनाका बारेमा बहस शुरु भएको थियो । फलस्वरुप वि.सं.२०४३ मा महेन्द्र संस्कृत विश्वविद्यालय स्थापना भयो ।

    वि.सं. २०६३ वैशाख ११ गतेको परिवर्तनपछि विश्वविद्यालयको नाम फेरि नेपाल संस्कृत विश्वविद्यालय राखिएको हो । त्यसैगरी दोस्रो पटक २०५१, तेस्रो पटक २०७५ र चौथो पटक २०७६ मा काठमाण्डौमा नेपाल–भारत संस्कृत सम्मेलन भएको थियो ।

    लेखकको बारेमा

    नीति डेस्क

    नीति डेस्क, nayaniti.com को एक प्रमुख समाचार डेस्क हो, जसले विविध स्रोतबाट प्राप्त जानकारी एकत्रित गरेर समाचारहरू प्रकाशन गर्दछ। हाम्रो इमेलमा प्राप्त जानकारीहरू, पत्रकार सम्मेलनहरूबाट लिइएका समाचारहरू, प्रेस विज्ञप्तिहरूबाट एकत्रित गरिएका तथ्यहरू र एजेन्सीहरूबाट प्राप्त समाचारहरूलाई प्रकाशित गर्ने काम गर्दछ। नीति डेस्क विश्वसनीयता, सटीकता र ताजगीलाई प्राथमिकता दिँदै विभिन्न क्षेत्रबाट आएका समाचारहरूको व्यापक संग्रह र प्रकाशनमा केन्द्रित छ।

    लेखकबाट थप...
    तपाईको प्रतिक्रिया दिनुहोस्