कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन – नयाँ नीति
कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन
  • ८ चैत्र २०८०, बिहीबार
  • काठमाण्डौ – कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । उहाँको गएराति आफ्नै निवास काठमाण्डौमा निधन भएको छोरा प्रतीक प्रधानले जानकारी दिनुभयो । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिंदैछ ।

    स्वर्गीय प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविताबाट साहित्यिक यात्रा आरम्भ गर्नुभएको थियो । उहाँका ‘वक्ररेखा, फेरि आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरू, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तरार्द्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्रधानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया’ कथा सङ्ग्रह प्रकाशित छन् ।

    उहाँले २०३१ सालमा रत्नश्री स्वर्ण पदक पुरस्कार पाउनुभएको थियो । विक्रम संवत २००० सालमा भोजपुरमा जन्मिएका उहाँका दुई छोरा र दुई छोरी हुनुहुन्छ ।

    लेखकको बारेमा

    नीति डेस्क

    नीति डेस्क, nayaniti.com को एक प्रमुख समाचार डेस्क हो, जसले विविध स्रोतबाट प्राप्त जानकारी एकत्रित गरेर समाचारहरू प्रकाशन गर्दछ। हाम्रो इमेलमा प्राप्त जानकारीहरू, पत्रकार सम्मेलनहरूबाट लिइएका समाचारहरू, प्रेस विज्ञप्तिहरूबाट एकत्रित गरिएका तथ्यहरू र एजेन्सीहरूबाट प्राप्त समाचारहरूलाई प्रकाशित गर्ने काम गर्दछ। नीति डेस्क विश्वसनीयता, सटीकता र ताजगीलाई प्राथमिकता दिँदै विभिन्न क्षेत्रबाट आएका समाचारहरूको व्यापक संग्रह र प्रकाशनमा केन्द्रित छ।

    लेखकबाट थप...
    तपाईको प्रतिक्रिया दिनुहोस्