सुन्दर बन्न चाहनुहुन्छ, यी उपाय गर्नुस – नयाँ नीति
सुन्दर बन्न चाहनुहुन्छ, यी उपाय गर्नुस
  • ४ बैशाख २०८१, मंगलवार
  • मानिसको सुन्दरता आफूभित्रै हुन्छ । तर, यसमा निखार ल्याउनका लागि र यथास्थितिमा राख्नका लागि बाह्य तत्वको पनि समायनुकूल प्रयोग गनुपर्छ । यसका लागि आधुनिक सौन्दर्यकलामा प्रचलित निम्न उपाय र तत्व प्रयोग गर्न सकिन्छः

    १. कुनै पनि चिज प्रयोगमा ल्याउनु छ भने अनुहारमा सुहाउने (सुट गर्ने) मात्र चिज लगाउनुपर्छ । दैनिक हेरचाहले पनि छालालाई सुन्दरता दिन्छ ।
    २. यदि अनुहारको छाला अति नै सुख्खा छ र संवेदनशील छ भने साबुनको प्रयोग गर्नुहुदैँन । हातले अनुहार छोइरहनु हुदैँन ।
    ३. यदि चिल्लो र सुख्खाको कम्बिनेसन अनुहारमा छ भने दिनमा दुइपटक कुनै पनि मेडिकेटेड साबुनले अनुहार धुनुपर्छ । त्यसपछि राम्ररी पानीले अनुहार धोएर स्किन टोनिक लगाउनुपर्छ ।
    ४. दिनमा दुईपटक अनुहारलाई धोए पुग्छ ।
    ५. सानो कचौरामा स्किन टोनिकलाई राखेर कपासलाई त्यसमा भिजाई फ्रिजमा राख्नुपर्छ त्यसपछि कपासले पुछिराख्नुपर्छ ।
    ६. कहिल्यै पनि आँखाको वरिपरि भएको छालामा मसाज गर्नुहुँदैन । त्यसका लागि क्लिन्जिङ जेल लगाएर आँखाको मेकअप गर्नुपर्छ । त्यसपछि बदाम (हाडे बदाम) को क्रिम लगाएर १० मिनेटपछि धुनुपर्छ । यसले आँखाको कालो दागलाई हटाउन मद्दत गर्छ ।
    ७. मास्कले म्भबम कपष्ल सेललाई हटाउन मद्दत गर्छ, रक्तनलीलाई क्रियाशील गराउँछ र अनुहारलाई सफा र चम्किलो बनाउँछ । मास्कलाई आँखाको वरिपरि छालामा लगाउनु हुदैँन ।
    ८. नुहाउँदा आङमा लामो डन्डा भएको ब्रस प्रयोग गर्नुपर्दछ । कुइनातिर कुनै कडा तौलियामा साबुन लगाएर दल्नुपर्छ ।
    ९. धेरै सेम्पु गर्नाले केश बिग्रिँदैन तर त्यसका लागि नरम सेम्पु प्रयोग गनुपर्छ ।
    १०. हेना (मेहन्दी) एउटा कन्डिसनर हो, जसले कपाललाई बलियो राख्न मद्दत गर्छ ।
    ११. तेलले सुख्खा र बिग्रेको, हाँगा आएको केशलाई ठीक राख्न मद्दत गर्छ । डन्डिफोरलाई ठीक गर्न पनि मद्दत गर्छ । कपाललाई बढाउन कस्टर तेलले मद्दत गर्छ ।
    १२. यदि कपाल बढी भिजेको छ भने कपालमा ब्रस गर्नु हुँदैन । त्यसको बदलामा ठूलो दाँती भएको काइँयोले कोर्नुपर्छ । हेयर ड्रायर धेरै प्रयोग गरेमा कपाल बिग्रिन सक्छ ।

    लेखकको बारेमा

    नीति डेस्क

    नीति डेस्क, nayaniti.com को एक प्रमुख समाचार डेस्क हो, जसले विविध स्रोतबाट प्राप्त जानकारी एकत्रित गरेर समाचारहरू प्रकाशन गर्दछ। हाम्रो इमेलमा प्राप्त जानकारीहरू, पत्रकार सम्मेलनहरूबाट लिइएका समाचारहरू, प्रेस विज्ञप्तिहरूबाट एकत्रित गरिएका तथ्यहरू र एजेन्सीहरूबाट प्राप्त समाचारहरूलाई प्रकाशित गर्ने काम गर्दछ। नीति डेस्क विश्वसनीयता, सटीकता र ताजगीलाई प्राथमिकता दिँदै विभिन्न क्षेत्रबाट आएका समाचारहरूको व्यापक संग्रह र प्रकाशनमा केन्द्रित छ।

    लेखकबाट थप...
    तपाईको प्रतिक्रिया दिनुहोस्