काठमाडौँ,गहमन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सीडीओ)हरुको सरुवा गरेको छ । संखुवासभामा ध्रबबहादुर खड्का,अर्घाखाँचीमा सूर्यबहादुर क्षेत्री, लमजुङमा बुद्धबहादुर गुरुङ,ओखलढुंगामा नारायण ढकाल,रोल्पामा खिमबहादुर रायमाझी र जाजरकोटमा ऋषिराज आचार्यलाई प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएको छ ।
रामराज कडरियालाई धनुषा,शिवकुमार कार्कीलाई खोटाङ,यज्ञराज आचार्यलाई प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएको छ । रामराज कडरियालाई धनुषा,शिवकुमार कार्कीलाई खोटाङ,यज्ञराज जोशीलाई दार्चूला,मिना अर्याललाई तेह्रथुम र रवीन्द्र आचार्यलाई ताप्लेजुङको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।












