तमु धिं किताकान्तो जापानले तमु ल्होछार साँस्कृतिक कार्यक्रम गरी मनाउने – नयाँ नीति
तमु धिं किताकान्तो जापानले तमु ल्होछार साँस्कृतिक कार्यक्रम गरी मनाउने
  • २५ मंसिर २०८१, मंगलवार
  • पोखरा, २५ मंसिर ।
    तमु धिं किताकान्तो जापानले २०२४ डिसेम्बर ३० मा तमु ल्होछार शुभकामना आदानप्रदानसहित विविध सांस्कृतिक कार्यक्रम गरि मनाउने भएको छ ।
    यो वर्षको गुरुङ समुदायको नयाँ वर्ष तमु ल्होछार जापानस्थित गुन्मा केन ओइजिमी माची ब्राजिलियन प्लाजामा मनाउने निर्णय भएको तमु धिं किताकान्तो जापानका अध्यक्ष विराज तमुले जानकारी दिए । गुरुङहरुको पहिचान रहेको सांस्कृतिक प्रस्तुतिहरुसहित विविध कार्यक्रम गरी ल्होछार मनाउने उनले बताए ।
    कार्यक्रम जापानी समय अनुसार दिउँसो १ बजेदेखि सुरु हुनेछ । जहाँ नेपालबाट जाने कलाकार उषा गुरुङको साथमा बाल कलाकारहरु खुसी गुरुङ र प्यारी गुरुङसँगै स्थानीय कलाकारको प्रस्तुती रहने सांस्कृतिक संयोजक अन्जु तमुले जानकारी दिइन् ।
    ‘प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु’ अर्थात् ‘शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे (जाति) नै हराउँछ ।’ भन्ने तमु (गुरुङ) समुदायको विश्वब्यापी मान्यतालाई आत्मासाथ गर्दै ‘हाम्रो संस्कृती, हाम्रो पहिचान’ भन्ने मुल नाराका साथमा आगामी सप्रि ल्हो ल्होछार मनाउन लागिएकाले सबैलाई साथ र सहयोग गर्न संस्थाका महासचिव भरत तमुले जानकारी दिए ।
    तमु धिं किताकान्तो जापानले हरेक वर्ष मनाउँदै आएको ल्होछारलाई आगामी वर्ष पनि निरन्तरता दिदैं जाने उनले सुनाए । कार्यक्रम सफल बनाउनका लागि जेएमईको स्पोन्सर र तमुधी जापानको बिशेष सहयोग रहेको छ ।
    कार्यक्रममा जापान आएर बसेका पुराना गुरुङ समुदायका व्याक्तिहरुलाई सम्मान पनि गर्न लागिएको कार्यक्रम संयोजक शर्मिला तमु (सारा) ले जानकारी दिइन् । ल्होछारको तयारीका लागि विभिन्न संघसंस्था तथा व्याक्तिहरुबाट सहयोग आउने क्रम जारी रहेकाले सहयोगी मनहरुलाई उनले धन्यवाद ज्ञापन गरे ।

    लेखकको बारेमा

    नीति डेस्क

    नीति डेस्क, nayaniti.com को एक प्रमुख समाचार डेस्क हो, जसले विविध स्रोतबाट प्राप्त जानकारी एकत्रित गरेर समाचारहरू प्रकाशन गर्दछ। हाम्रो इमेलमा प्राप्त जानकारीहरू, पत्रकार सम्मेलनहरूबाट लिइएका समाचारहरू, प्रेस विज्ञप्तिहरूबाट एकत्रित गरिएका तथ्यहरू र एजेन्सीहरूबाट प्राप्त समाचारहरूलाई प्रकाशित गर्ने काम गर्दछ। नीति डेस्क विश्वसनीयता, सटीकता र ताजगीलाई प्राथमिकता दिँदै विभिन्न क्षेत्रबाट आएका समाचारहरूको व्यापक संग्रह र प्रकाशनमा केन्द्रित छ।

    लेखकबाट थप...
    तपाईको प्रतिक्रिया दिनुहोस्