सरकारले भाेलि ७ अर्ब ६९ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने – नयाँ नीति
सरकारले भाेलि ७ अर्ब ६९ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने
  • ८ चैत्र २०८०, बिहीबार
  • काठमाण्डौ – नेपाल सरकारले भाेलि सात अर्ब ६९ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले विकास ऋणपत्र बोलकबोलमार्फत आन्तरिक ऋण उठाउन लागेको हो ।

    यो ऋणपत्रको अवधि आठ वर्ष रहेको छ । सरकारले चालु आर्थिक वर्षमा दुई खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको थियो । त्यहीअनुसार भाेलि राष्ट्र बैंकले विकास ऋणपत्र बोलकबोल गर्ने भएको हो ।

    ऋणपत्रको ब्याजदर बोलकबोलबाट तय हुने नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले अप्रतिस्पर्धीको रूपमा भाग लिन पाउने छैनन् ।

    लेखकको बारेमा

    नीति डेस्क

    नीति डेस्क, nayaniti.com को एक प्रमुख समाचार डेस्क हो, जसले विविध स्रोतबाट प्राप्त जानकारी एकत्रित गरेर समाचारहरू प्रकाशन गर्दछ। हाम्रो इमेलमा प्राप्त जानकारीहरू, पत्रकार सम्मेलनहरूबाट लिइएका समाचारहरू, प्रेस विज्ञप्तिहरूबाट एकत्रित गरिएका तथ्यहरू र एजेन्सीहरूबाट प्राप्त समाचारहरूलाई प्रकाशित गर्ने काम गर्दछ। नीति डेस्क विश्वसनीयता, सटीकता र ताजगीलाई प्राथमिकता दिँदै विभिन्न क्षेत्रबाट आएका समाचारहरूको व्यापक संग्रह र प्रकाशनमा केन्द्रित छ।

    लेखकबाट थप...
    तपाईको प्रतिक्रिया दिनुहोस्