थारू समुदायको इतिहास, जीवनपद्धति झल्किने कला प्रदर्शनी पाटनमा शुरु – नयाँ नीति
थारू समुदायको इतिहास, जीवनपद्धति झल्किने कला प्रदर्शनी पाटनमा शुरु
  • ८ चैत्र २०८०, बिहीबार
  • ललितपुर — थारू समुदायको इतिहास, जीवनपद्धति झल्किने कला प्रदर्शनी पाटनमा शुरु भएको छ । पाटन सङ्ग्रहालयमा हिजोदेखि शुरु भएको प्रदर्शनीमा थारू समुदायको इतिहास, दिनचर्या, मौलिकता, अन्तरपुस्ताको ज्ञान र सीप झल्काउने कलाकृति राखिएको छ ।

    प्रदर्शनी उद्घाटन समारोहमा बोल्दै डाक्टर सुरेश ढकालले थारू समुदायको इतिहास लेखनका हिसाबले प्रदर्शनी महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले भाषा, संस्कृति, खानपान ठाउँअनुसार फरक-फरक भएकाले थारू समुदायलाई जोड्न साझा कुरा खोज्नुपर्नेमा जोड दिनुभयो ।

    थारू सांस्कृतिक सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रले आयोजना गरेको प्रदर्शनी चैत १८ गतेसम्म चल्नेछ ।

    लेखकको बारेमा

    नीति डेस्क

    नीति डेस्क, nayaniti.com को एक प्रमुख समाचार डेस्क हो, जसले विविध स्रोतबाट प्राप्त जानकारी एकत्रित गरेर समाचारहरू प्रकाशन गर्दछ। हाम्रो इमेलमा प्राप्त जानकारीहरू, पत्रकार सम्मेलनहरूबाट लिइएका समाचारहरू, प्रेस विज्ञप्तिहरूबाट एकत्रित गरिएका तथ्यहरू र एजेन्सीहरूबाट प्राप्त समाचारहरूलाई प्रकाशित गर्ने काम गर्दछ। नीति डेस्क विश्वसनीयता, सटीकता र ताजगीलाई प्राथमिकता दिँदै विभिन्न क्षेत्रबाट आएका समाचारहरूको व्यापक संग्रह र प्रकाशनमा केन्द्रित छ।

    लेखकबाट थप...
    तपाईको प्रतिक्रिया दिनुहोस्