काठमाण्डौमा जापानी चलचित्र महोत्सव – नयाँ नीति
काठमाण्डौमा जापानी चलचित्र महोत्सव
  • ८ चैत्र २०८०, बिहीबार
  • काठमाण्डौ – हरेक वर्ष मार्च १५ तारिखमा मनाईने ‘जापान डे’ को अवसरमा जापानी दूतावास र जापान फाउन्डेसनको आयोजनामा काठमाण्डौमा ‘जापानी चलचित्र महोत्सव’ भैरहेको छ ।

    जापानिज ल्याङवेज टिचर्स एशोसियशन नेपालको सहयोगमा हिजोदेखि शुरु भएको महोत्सवमा पाँच चलचित्र प्रदर्शन गरिनेछ । महोत्सवमा पहिलो दिन हिजो दुई र दोस्रो दिन आज तीन चलचित्र प्रदर्शन हुने जाल्टानका अध्यक्ष राजेन्द्र केसीले जानकारी दिनुभयो ।

    महोत्सव जापानिज भाषा र साहित्यलाई प्रवर्द्धन गर्न आयोजना गरिएको हो ।

    लेखकको बारेमा

    नीति डेस्क

    नीति डेस्क, nayaniti.com को एक प्रमुख समाचार डेस्क हो, जसले विविध स्रोतबाट प्राप्त जानकारी एकत्रित गरेर समाचारहरू प्रकाशन गर्दछ। हाम्रो इमेलमा प्राप्त जानकारीहरू, पत्रकार सम्मेलनहरूबाट लिइएका समाचारहरू, प्रेस विज्ञप्तिहरूबाट एकत्रित गरिएका तथ्यहरू र एजेन्सीहरूबाट प्राप्त समाचारहरूलाई प्रकाशित गर्ने काम गर्दछ। नीति डेस्क विश्वसनीयता, सटीकता र ताजगीलाई प्राथमिकता दिँदै विभिन्न क्षेत्रबाट आएका समाचारहरूको व्यापक संग्रह र प्रकाशनमा केन्द्रित छ।

    लेखकबाट थप...
    तपाईको प्रतिक्रिया दिनुहोस्