हङकङमा मेस्सीको खेल हेर्न टिकट काटेका समर्थकको ५० प्रतिशत रकम फिर्ता हुने – नयाँ नीति
हङकङमा मेस्सीको खेल हेर्न टिकट काटेका समर्थकको ५० प्रतिशत रकम फिर्ता हुने
  • ८ चैत्र २०८०, बिहीबार
  • काठमाण्डौ – हङकङमा लिओनल मेस्सीको खेल हेर्न टिकट काटेका समर्थकको ५० प्रतिशत रकम फिर्ता गरिने भएको छ । गएको फेब्रुअरी ४ मा इन्टर मियामी टुर अन्तर्गत हङकङ–११ सँग खेल्न अर्जेन्टिनी खेलाडी मेस्सी हङकङ पुगेका थिए ।

    हङकङ–११ टोलीसँग मेस्सीको मियामीले खेल्ने भएपछि समर्थकले एक सय १० अमेरिकी डलर तिरेर टिकट काटेका थिए । विश्व फुटबलका स्टार मेस्सी आउने भएपछि खेल हेर्न ४० हजार टिकट बिक्रीमा राखिएको थियो । टिकट एक घण्टामै बिक्री भएको थियो ।

    मेस्सीले खेलमा भाग नलिएमा कुनै रकम फिर्ता हुने छैन भनी टिकट खरिद गर्दा उल्लेख पनि गरिएको थियो । तर, मेस्सी यो खेलमा चोटका कारण नखेलेपछि समर्थकले असन्तुष्टी र विरोध जनाएका थिए । आयोजक ट्याटलर एशियाले खेलका लागि आधिकारिक च्यानलमार्फत् टिकट खरिद गर्नेलाई सर्शत ५० प्रतिशत रकम फिर्ता गर्ने जनाएको छ ।

    रकम फिर्ता लिनेहरूले कुनै पनि अदालत, न्यायाधिकरण या नियामक प्राधिकरणमा उजुरी गर्न नपाउने आयोजकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

    लेखकको बारेमा

    नीति डेस्क

    नीति डेस्क, nayaniti.com को एक प्रमुख समाचार डेस्क हो, जसले विविध स्रोतबाट प्राप्त जानकारी एकत्रित गरेर समाचारहरू प्रकाशन गर्दछ। हाम्रो इमेलमा प्राप्त जानकारीहरू, पत्रकार सम्मेलनहरूबाट लिइएका समाचारहरू, प्रेस विज्ञप्तिहरूबाट एकत्रित गरिएका तथ्यहरू र एजेन्सीहरूबाट प्राप्त समाचारहरूलाई प्रकाशित गर्ने काम गर्दछ। नीति डेस्क विश्वसनीयता, सटीकता र ताजगीलाई प्राथमिकता दिँदै विभिन्न क्षेत्रबाट आएका समाचारहरूको व्यापक संग्रह र प्रकाशनमा केन्द्रित छ।

    लेखकबाट थप...
    तपाईको प्रतिक्रिया दिनुहोस्