राष्ट्रिय भलिबल : यी हुन् आज सेमिफाइनलमा पुग्ने टाेली – नयाँ नीति
राष्ट्रिय भलिबल : यी हुन् आज सेमिफाइनलमा पुग्ने टाेली
  • ८ चैत्र २०८०, बिहीबार
  • काठमाण्डाै – आठौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनशिपमा महिलातर्फ नेपाल पुलिस क्लब समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा आज बिहान भएको महिलातर्फको पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हरायो । यो समूहबाट एभरेस्ट क्लब सेमिफाइनलमा पुगिसकेको छ ।

    महिलातर्फको अर्काे खेलमा न्यु डायमन्ड क्लब समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । डायमन्डले मधेश प्रदेशलाई ३–० को सेटमा हरायो । यो समूहबाट एभरेस्ट क्लब सेमिफाइनलमा पुगेको छ ।

    यस्तै पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब सेमिफाइनलमा पुगेको छ । हेल्प नेपालले बूढानीलकण्ठ क्लबलाई ३–० को सेटमा हरायो । पुरुषतर्फको अर्काे खेलमा गण्डकी प्रदेश सेमिफाइनलमा पुगेको छ । गण्डकीले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–० को सेटमा हरायो ।

    यही चैत १० गतेसम्म हुने प्रतियोगितामा पुरुषतर्फ १३ र महिलातर्फ ७ वटा टोली छन् । प्रतियोगिताको विजेताले पाँच लाख, उपविजेताले दुई लाख र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपैयाँ पाउनेछ ।

    लेखकको बारेमा

    नीति डेस्क

    नीति डेस्क, nayaniti.com को एक प्रमुख समाचार डेस्क हो, जसले विविध स्रोतबाट प्राप्त जानकारी एकत्रित गरेर समाचारहरू प्रकाशन गर्दछ। हाम्रो इमेलमा प्राप्त जानकारीहरू, पत्रकार सम्मेलनहरूबाट लिइएका समाचारहरू, प्रेस विज्ञप्तिहरूबाट एकत्रित गरिएका तथ्यहरू र एजेन्सीहरूबाट प्राप्त समाचारहरूलाई प्रकाशित गर्ने काम गर्दछ। नीति डेस्क विश्वसनीयता, सटीकता र ताजगीलाई प्राथमिकता दिँदै विभिन्न क्षेत्रबाट आएका समाचारहरूको व्यापक संग्रह र प्रकाशनमा केन्द्रित छ।

    लेखकबाट थप...
    तपाईको प्रतिक्रिया दिनुहोस्