होटल पौवाको साँस्कृतिक साँझमा झुमे पाहुना – नयाँ नीति
होटल पौवाको साँस्कृतिक साँझमा झुमे पाहुना
  • १७ पुष २०८१, बुधबार
  • पोखरा, १७ पुस ।
    मिसन १०० को लक्ष्या लिएर सेवा दिइरहेको होटल पौवा प्रालिले आयोजना गरेको पौवा साँस्कृतिक साँझमा पाहुनाहरु गीतसंगित र नृत्यसँगै रमाएका छन् ।
    अंग्रेजी नयाँ वर्षको अवसरमा पौवा अन्तर्गतका पोखरा, भैरहवा, भालुवाङ, घोराही र गैडाकोटमा साँस्कृति कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रम भएका पाँचै स्थानमा करिब ३० हजार पाहुना सहभागी भएको होटल पौवा प्रालिका प्रमुख सञ्चालन अधिकृत कृष्ण गौतमले जानकारी दिए । दर्शकहरु साँस्कृतिक साँझको मनोरञ्जन लिदै खानाका परिकारसँग रमाएको उनले बताए ।
    उनका अनुसार पोखरामा सुरज थापा एण्ड ब्यान्ड, भैरहवामा अस्मिता अधिकारी र महेश काफ्ले, भालुवाङमा रामजी खाँड र सुविन सिंह एण्ड ब्यान्ड, घोराहीमा पशुपति शर्मा र एन्जिला रेग्मी, गैडाकोटमा अभि एण्ड अवसर ब्यान्डले प्रस्तुति दिएको हो । सबै कार्यक्रममा स्थानीय जातजातिका मौलिक नृत्य पनि प्रस्तुत गरिएको उनले बताए ।

    सोही अनुसार पोखरामा पनि होटलले साँझ ७ बजेदेखि १२ बजेसम्म बृहत साँस्कृतिक कार्यक्रम गरिएको होटल पौवा पोखराका प्रवन्धक केशव भण्डारी जानकारी दिए । पोखराको कार्यक्रममा गायक सुरज थापा एण्ड ब्याण्डमा गायक थापासँगै रिता केसी, तबला मादल बादक रिसु नेपाली, गितारिस्ट प्रविन श्रेष्ठ र बिजय बज्राचार्यका साथमा बाँसुरी बाधक किरण बरालको प्रस्तुति थियो ।
    ‘जहाबाट आतिथ्यताको सुरुवात हुन्छ’ भन्ने मूल नारासहित नेपाली हस्पिटालिटी सहितको सेवा दिने उद्देश्यले देशभर शाखा बिस्तारमा तिब्रता बनाएको होटल पौवाले नेपालीहरुको चाडपर्वमा पनि विशेष कार्यक्रम गर्दै आएको छ । पौवामा तीजको दर खाने देखि मागी, शिवरात्री जस्ता चाडपर्वमा सोही अनुसार कार्यक्रम गर्दै आएको र आगामी वर्ष पनि त्यसलाई निरन्तरता दिइने अधिकृत गौतमले बताए ।

    होटल पौवाको अहिले देशभर १७ शाखा रहेको अधिकृत गौतमले जानकारी दिए । होटल पौवाको शाखाहरु कर्णाली प्रदेशको जुम्ला, सुदूरपश्चिमको धनगढी, लुम्बिनी प्रदेशमा दाङको भालुवाङ, घोराही र लमही, कपिलवस्तुको गोरुसिंगे, रुपन्देहीको योगीकुटी, भैरहवाको चिल्ड्रेन पार्क, पाल्पाको तानसेन, गुल्मीको रेसुंगामा रहेको छ । गण्डकी प्रदेशको पोखरा र नवलपुरमा होटलले शाखा विस्तार गरिसकेको छ । बाग्मती प्रदेशमा काठमाडौंको गौशाला, सिन्धुलीको मुलकोट, चितवनको भरतपुरमा पौवाको शाखा छ । कोशी प्रदेशमा खोटाङको हलेसीमा यसले सेवा विस्तार गरेको छ । छिट्टै बाँकेको नेपालगन्जमा पाँच तारे स्तरको होटल पौवा सञ्चालनको तयारीमा रहेको अधिकृत गौतमले बताए ।
    होटल पौवाले नेपाल मै रोजगारी सिर्जना गरी युवा जनशक्ति पलायन रोक्ने लक्ष्य लिएर अघि बढेको अधिकृत गौतमले सुनाए । होटलको अर्को उद्देश्य भनेको रैथाने खाना र नेपाली मौलिक परम्परा जोगाउनु रहेको उनले बताए । सोही अनुरुप होटलले नेपालीहरुले परम्परादेखि मनाउँदै आएको चाडपर्वमा विशेष कार्यक्रम गर्दै आएको छ ।

    लेखकको बारेमा

    नीति डेस्क

    नीति डेस्क, nayaniti.com को एक प्रमुख समाचार डेस्क हो, जसले विविध स्रोतबाट प्राप्त जानकारी एकत्रित गरेर समाचारहरू प्रकाशन गर्दछ। हाम्रो इमेलमा प्राप्त जानकारीहरू, पत्रकार सम्मेलनहरूबाट लिइएका समाचारहरू, प्रेस विज्ञप्तिहरूबाट एकत्रित गरिएका तथ्यहरू र एजेन्सीहरूबाट प्राप्त समाचारहरूलाई प्रकाशित गर्ने काम गर्दछ। नीति डेस्क विश्वसनीयता, सटीकता र ताजगीलाई प्राथमिकता दिँदै विभिन्न क्षेत्रबाट आएका समाचारहरूको व्यापक संग्रह र प्रकाशनमा केन्द्रित छ।

    लेखकबाट थप...
    तपाईको प्रतिक्रिया दिनुहोस्